०६ असार २०८३, शनिबार

उपत्यकामा जोरबिजोर लागू भएपनि यी सवारी चलाउन पाइने

उपत्यकामा जोरबिजोर लागू भएपनि यी सवारी चलाउन पाइने

काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागू भएको छ । जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर प्लेटका सवारी सञ्चालन गर्न पाउने गरी गएरातिदेखि यो निगम लागू भएको हो ।
जसअनसार शनिबार जोर नम्बर प्लेटका सवारीसाधन सञ्चालन गर्न पाइन्छ । जोरबिजोर लागू भएपनि यद्यपि अत्यावश्यक सवारीसाधनको हकमा भने जोरबिजोर प्रणाली लागू हुनेछैन ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार स्वास्थ्य सामग्री बोकेका गाडी, एम्बुलेन्स, दमकल, शववाहन, ग्यास–पेट्रोलका गाडी, खाद्यान्न दुग्धजन्य, फलफूल, पानीलगायत कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारीसाधनहरू, निर्माण सामग्री बोक्ने सवारीसाधनलाई जोरबिजोर लागू हुने छैन ।

त्यस्तै परिचयपत्रको आधारमा सरकारी कर्मचारी, चिकित्सवक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सार्वजनिक संस्थाका कर्मचारीले प्रयोग गर्ने सवारीसाधन, बैंक तथा बित्तीय संस्था, दूरसञ्चार सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने सवारीसाधनलाई पनि जोरबिजोर लागू हुने छैन ।
पत्रकारहरूको हकमा सूचना विभागबाट जारी प्रेस पास वा पत्रकार परिचयपत्रका आधारमा सवारीसाधन सञ्चालन गर्न पाउनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्