काठमाडौं, १७ पुस – कैलाली स्थायी घर भएका भरत बिष्टले एक मिनेटमा ४२ वटा लसुनको पोटी खाएर विश्व रेकर्ड तोडेको दाबी गरेका छन् ।

आईतबार राजधानीमा पत्रकार सम्मेलन गरेर उनले यहाँ भन्दा पहिले अमेरीकन नागरिक फ्याट्रिक ल्याटिको नाममा रहेको आधारिक किर्तिमानी आफुले तोडेको दाबी गरेका हुन् ।
उनले पहिलो प्रयासमा एक मिनेटमा ३१ वटा खाएका थिए भने पछिल्लो प्रयासमा एक मिनेटको समयमा ४२ वटा पोटा खाएका हुन्।
तथापि उनले एक मिनेटमा ४२ वटा लसुनका पोटी खाएपनि गिनिजबुकले आधिकारिक रुपमा उनले खाएको भिडियो हेरेर मात्र रेकर्डलाई मान्यता दिने बताइएको छ ।