०६ असार २०८३, शनिबार

ओलीको जिल्लामा राप्रपाको तेस्रो जीत, एमालेका उम्मेदवार जिल्लाराम !

कात्तिक २०, २०७४
ओलीको जिल्लामा राप्रपाको तेस्रो जीत, एमालेका उम्मेदवार जिल्लाराम !

दमक, २१ असार– स्थानीय तह निर्वाचनमा झापाको गौरीगन्ज गाउँपालिकाको प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जित हासिल गरेको छ । राप्रपाका अध्यक्षका उम्मेदवार बाबुराज श्रेष्ठ निर्वाचित भएका हुन् ।

उनले तीन हजार ७४० मत ल्याएर गाउँपालिकाको अध्यक्षमा जीत हासिल गरेका हुन् । अध्यक्षमा उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी फूलवती राजवंशीले तीन हजार ४४३ मत प्राप्त गरिन् ।

यसैगरी, गौरीगन्ज गाउँपालिकाको उपाध्यक्षमा भने काँग्रेसका दीपेन्द्र थापा निर्वाचित भएका छन् । ६ वटा वडा रहेको सो गाउँपालिकाको वडामा काँग्रेसले चार र नेकपा माओवादी केन्द्र, र नेकपा एमालेले एक÷एक वडामा जित हासिल गरेका छन् । काँग्रेसबाट वडा नं १ मा कार्तिकलाल राजवंशी, २ मा उघनुप्रसाद राजवंशी, ३ मा मखना महतो र ६ मा बद्रीनारायण यादव वडाध्यक्षमा निर्वाचित भए ।

त्यस्तै, वडा नं ४ मा माओवादी केन्द्रका कुल्चन गिरी र ५ मा एमालेका विजयसिंह गन्गाई वडाध्यक्षमा निर्वाचित भए । राप्रपाले योसँगै झापाको कचनकवल र हल्दिबारी गाउँपालिकामा पनि प्रमुख पदमा विजय हासिल गरेको थियो ।

कमेन्ट गर्नुहोस्