०८ साउन २०८३, शुक्रबार

मस्जिदमा आत्मघाती हमला हुँदा ३० जनाको मृत्यु

फागुन २०, २०७८
मस्जिदमा आत्मघाती हमला हुँदा ३० जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

पाकिस्तानको पेशावरस्थित मस्जिदमा भएको आत्मघाती हमलामा परेर ३० जनाको मृत्यु भएको छ ।

शुक्रवार नमाजको समयमा विस्फोट भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

पेशावरको किस्सा ख्वानी बजारमा रहेको मस्जिदमा भएको विस्फोटमा घाइते भएका व्यक्तिहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घाइते रहेका ५० जनामध्ये १० जनाको अवस्था गम्भीर रहेको छ ।

प्रहरीले मस्जिद वरपरको क्षेत्रलाई खाली गराएर छानबिन गरिरहेको छ । हालसम्म कुनै पनि आतंककारी संगठनले विस्फोटको जिम्मेवारी लिएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्