२६ जेठ २०८३, मंगलबार

चिनियाँ सेनाले सुरु गर्यो युद्ध अभ्यास, भारतसँग लड्ने तयारी हो ?

कात्तिक २०, २०७४
चिनियाँ सेनाले सुरु गर्यो युद्ध अभ्यास, भारतसँग लड्ने तयारी हो ?

काठमाडौं, २३ असार– सीमामा भारत र चीनबीच तनाव बढिरहेका बेला चिनियाँ सेनाले एक ठूलो युद्ध अभ्यास थालेको छ । चिनियाँ सेनाले तिब्बतका उच्च इलाकाहरुमा युद्ध अभ्यास थालेको छ । जो वास्तविक युद्धको जस्तै देखिन्छ ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार यो सैन्य अभ्यास ५१०० मिटर उचाइमा भइरहेको छ । यो अभ्यासनमा चीनले आफ्ना सबैभन्दा आधुनिक टेंक (टाइप ९६ बी) को पनि परीक्षण गरेको छ ।

भारतीय समाचार माध्यममा चीनले नयाँ युद्ध उपकरणको परीक्षणका साथै गोलाबारी पनि गरिरहेको छ । यो युद्ध अभ्यासमा युद्ध अभियान कमान, युद्धमा सहयोग, गोलीबारीबारे प्रशिक्षण तथा सबै हतियारको समग्र निगरानीको विषय सामिल गरिएको छ ।

पछिल्लो हप्ता चिनियाँ रक्षा विभागका प्रवक्ता कर्णेल वू किन ने सञ्चारमाध्यमसँग भनेका थिए कि सैन्य अभ्यासका दौरा करिब ३५ टन वजन भएको टेंकको परीक्षण गरिने छ ।

सिन्ह्वाले आफ्नो वेबसाइटमा उक्त सैन्य अभ्यासका केही तस्वीर पनि सार्वजनिक गरेको छ । भारतीय पक्षले यो सैन्य अभ्यासलाई सिक्किम सेक्टरको डोकलाम इलाकामा भारत र चीनबीच भएको तनाबको पृष्ठभूमिमा भइरहेको बुझेको छ ।

हालै चिनियाँ सैन्य विशेषज्ञहरुले पनि युद्धको अवस्थामा चिनियाँ सेनाले उच्चतम संयोजनका लागि जुझ्नु पर्नेछ । त्यसपछि चीन सरकारले नियमित रुपमा सैन्य अभ्यास सुरु गरेको थियो ।

यद्यपि सरकार सञ्चार संस्थाले यस्तो प्रकारको युद्ध अभ्यास पहिलोपटक भइरहेको बताएको छ । ‘यस्तो पहिलोपटक भइरहेको छ । यति धेरै उचाइमा तिब्बतको पठारमा युद्धको परिस्थिति अनुसार सैन्य अभ्यास चलिरहेको छ,’ सिन्ह्वाको हवाला दिँदै भारतीय सञ्चार माध्यमले लेखेका छन् ।

यद्यपि सेन्टर फर पोलिसी रिसर्चमा स्ट्रोटेजिक स्टडिज्का प्राफेसर ब्रह्म चेलानी यसलार्य दोस्रो तरिकाले हेर्छन् । उनी भन्छन्, ‘यदि भारतीय सेना सतर्क रह्यो, हतियारको तैनाथी ठीक ढंगले भयो भने भौगोलिक वातावरण भारतको पक्षमा छ । चीन डोकलाम क्षेत्रमा केही गर्न सक्दैन ।’

salt training

कमेन्ट गर्नुहोस्