१५ असार २०८३, सोमबार

कृषि सामाग्री आपूर्ति र अनुदान संयन्त्रबारे नेपाल भारतका विज्ञहरूको छलफल

कृषि सामाग्री आपूर्ति र अनुदान संयन्त्रबारे नेपाल  भारतका विज्ञहरूको छलफल

नेपालको प्रमुख कृषि सामाग्री आपूर्ति र अनुदान संयन्त्रको विषयमा नेपाल र भारतबीच छलफल भएको छ ।

बुधवारदेखि काठमाडौंमा शुरू भएको गोष्ठी २ दिनसम्म सञ्चालन हुनेछ ।

साल्ट कर्पोरेशन लिमिटेडको आयोजनामा भारतको इण्डियन पोटास लिमिटेड (आइपिएल)का पदाधिकारीसहित गोष्ठी शुरू गरिएको हो । 

गोष्ठीमा भारतका तर्फबाट करिब २० जना विज्ञहरूले सहभागीता जनाएका छन् ।

नेपाल र भारतमा कृषि सामग्री खासगरी रासायनिक मलको आपूर्ति र अनुदानको अवस्थाको बारेमा छलफल गर्नका लागि यो गोष्ठीको आयोजना गरेको साल्ट कर्पोरेशन लिमिटेडका प्रवक्ता कुमार राजभण्डारीले बताए । 

गोष्ठीमा नेपाल, भारतलगायत विश्वभर रासायनिक मलको अवस्था के छ, भारतमा मलमा अनुदान कसरी दिएको छ, नेपालमा माटोको अवस्था के छ, प्रदेशस्तरमा कृषिको माग र आपूर्तिको अवस्था कस्तो छ भन्ने लगायतका विषयमा छलफल हुने उनले बताए ।

गोष्ठीको उद्घाटन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द शर्माले रासायनिक मलमा नेपाल परनिर्भर रहेको भन्दै हालसम्म आयात गरेर नै किसानको माग पुरा गरिरहेको बताए । 

नेपालले भारतलगायत अन्य मुलुकबाट टेण्डर तथा जीटुजीको माध्यमबाट नेपाल आयात गरी किसान समक्ष पुर्याउने गरेको उनले उल्लेख गरे । 

उनले नेपाली किसानलाई समयमा मल उपलब्ध गराउनका लागि सरकारले विभिन्न नीति निर्माणदेखि लिएर अन्य विषयमा पहल गरिरहेको बताए ।

सोही मन्त्रालयका पशुपन्छीतर्फका सचिव निरु दाहालले माटो परीक्षण गरी मल कम प्रयोग गर्ने किसान कम देखिएको बताइन् । माटोको सुहाउँदा गुण अनुसार मल प्रयोग गरे उत्पादनदेखि हरेक क्षेत्रमा फाइदा हुने उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्