०६ साउन २०८३, बुधबार

भोट हाल्न गाउँ फर्कँदै मतदाता

बैशाख २८, २०७९
भोट हाल्न गाउँ फर्कँदै मतदाता
फाइल तस्वीर।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भोट हाल्न गाउँ फर्किनेहरूको भीड लागेको छ । 

काठमाडौंबाट बाहिरिने विभिन्न नाकाहरूमा घर फर्किने नागरिकहरूको भीड लागेको हो । 

काठमाडौं उपत्यकाबाट बाहिरिने कोटेश्वर, थानकोटलगायतका नाकाहरूमा घर फर्किनेहरुको भीड देख्न सकिन्छ । 

काठमाडौंबाट मतदानका लागि घर फर्किनेहरू बढेसँगै काठमाडैंको सडकमा सवारीको चाप कम भएको छ । विशेष गरी काठमाडौंबाट छिमेकी जिल्लाहरूमा जाने मानिसहरू धमाधम गाउँ फर्किन थालेका हुन् । 

काठमाडौंको बालाजु, बल्खु, कलंकीलगायतका ठाउँमा पनि बसको टिकट काट्नेहरूको लाम देख्न सकिन्छ । ५ वर्षपछि स्थानीय तहको निर्वाचमा भोट हाल्न जाने मतदाताहरू उत्साहित देखिन्छन् । 

गाउँ फर्किनेहरूको संख्या बढिरहेकोले सवारीहरूमा सर्वसाधारण खचाखच भरिएका छन् । मंगलवार राति १२ बजेसम्म ५९ हजार ६१ जना गाउँ फर्किएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्