२५ जेठ २०८३, सोमबार

श्रीलंकाका प्रधानमन्त्री बिहान अँध्यारोमै भाग्नुपर्ने गरी किन भड्कियो विरोध ?

बैशाख २८, २०७९
श्रीलंकाका प्रधानमन्त्री बिहान अँध्यारोमै भाग्नुपर्ने गरी किन भड्कियो विरोध ?

आर्थिक संकटमा फसेको श्रीलंकामा विरोधकर्ताहरूले ३८ जना राजनीतिकर्मीहरूको घर जलाएका छन् । 

सरकारले विरोधकर्ताहरूलाई देख्नेबित्तिकै गोली हान्ने आदेश सेनालाई दिएको छ । 

हिंस्रक विरोध प्रदर्शनका कारण ७५ वटा घरमा क्षति पुगेको त्यहाँको प्रहरीले मंगलवार जानकारी दिएको छ । 

सरकारले आर्थिक संकटको राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै आक्रोशित श्रीलंकालीहरूले देशव्यापी कर्फ्युको उल्लंघन गर्दै विरोध जारी राखेका छन् ।

मंगलवार श्रीलंकाको रक्षा मन्त्रालयले राज्यको सम्पत्ति नष्ट गर्ने वा अधिकारीहरूमाथि आक्रमण गर्ने जोकोहीलाई गोली हान्न रक्षा मन्त्रालयलाई आदेश दिएको छ । सोमवारदेखि चर्किएको हिंसामा आठजनाको मृत्यु भएपछि मन्त्रालयले यस्तो आदेश दिएको हो । हिंसामा २०० भन्दा बढी मानिस घाइते भएका छन् । 

श्रीलंकामा आर्थिक संकटका कारण दैनिक वस्तुहरूको मूल्य ह्वात्तै बढेको छ । हप्तौंदेखि त्यहाँ विद्युत्् आपूर्ति ठप्प छ । सरकारविरोधी प्रदर्शनकारीहरूले लामो समयदेखि सडक तताइरहेका छन् । उनीहरूले सरकारलाई राजीनामा दिन भनिरहेका छन् । 

निवर्तमान प्रधानमन्त्री महिन्दा राजपक्षेलाई सेनाले बिहान अँध्यारो हुँदै उद्धार गर्नुपरेको थियो । उनले राजीनामा दिएपछि सरकारसमर्थक र सरकारविरोधीहरूबीच झडप भएको थियो । 

प्रधानमन्त्रीको निजी निवासमा विरोधकर्ताहरू पस्न खोजेपछि सेना बोलाउनुपरेको थियो । 

सोमवार राजपक्षेले राजीनामा दिएपछि सरकारसमर्थकहरू हातमा लट्ठी लिएर कोलम्बोमा विरोधीहरूलाई कुटपिट गर्दै हिँडेका थिए । उनीहरूले विरोधीहरूको टेन्ट च्यात्ने तथा डढाउने काम समेत गरे । 

हिंसाकै क्रममा देशभरि दर्जनौं घरमा आगो लगाइएको थियो । 

विरोधकर्ताहरूलाई तितरबितर पार्न सशस्त्र सैनिकहरू तैनाथ गरिएको थियो । प्रहरीले व्यापक अश्रूग्यास र पानीको फोहरा फ्याँकेको थियो । 

बिहीवारसम्म देशमा कर्फ्यु लगाइएको छ ।

कर्फ्यु र प्रधानमन्त्रीको राजीनामाले देशको असहज परिस्थितिलाई निकास दिने कुरामा शंका छ । 

विरोधकर्ताहरू राष्ट्रपति गोटाबाया राजपक्षेलाई राजीनामाका लागि बाध्य बनाउन चाहन्छन् । तर उनले पदबाट हट्ने कुनै संकेत दिएका छैनन् । 

मंगलवार उनले शान्त रहन तथा हिंसा रोक्न आह्वान गरेका छन् । 

मंगलवारै एक विज्ञप्ति निकालेर युरोपेली संघ र त्यसका २७ सदस्य राष्ट्रहरूले शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसमाथिको हिंस्रक आक्रमणको निन्दा गरे । घटनाको अनुसन्धान गर्न पनि उनीहरूले भनेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्