
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो गृह जिल्ला पर्वतको मोदी गाउँपालिका–७, राम्जाको पशुपति मावि ञक’ केन्द्रबाट मतदान गरेका छन् ।
उनले पशुपति केन्द्रबाट बिहान साढे ७ बजे मतदान गरेका हुन् ।
स्थानीय तहको निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना दुई दिन अगाडि आफ्नो गाउँ पुगेका थिए ।
सात स्थानीय तह तथा ६१ वडा रहेको पर्वतका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान शुरू भइसकेको छ।