०६ साउन २०८३, बुधबार

वीरगञ्जको मेयरमा जसपा झण्डै दोब्बर मतले अगाडि

वीरगञ्जको मेयरमा जसपा झण्डै दोब्बर मतले अगाडि

वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजेशमान सिंहले झण्डै दोब्बर मतले अग्रता लिएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजयकुमार सरावगीलाई पछि पारेका छन् ।

हालसम्म ५२ हजार ४३ मत गणना हुँदा सिंहले २६ हजार ५८ मत पाएका छन् भने सरावगीले १३ हजार ५०८ मत पाएका छन् ।

कमेन्ट गर्नुहोस्