२६ जेठ २०८३, मंगलबार

‘झिंगेदाउ’ को प्रदर्शन मिति हेरफेर, अब भदौ १७ मै

‘झिंगेदाउ’ को प्रदर्शन मिति हेरफेर, अब भदौ १७ मै

चलचित्र ‘झिंगेदाउ’को प्रदर्शन मिति हेरफेर गरिएको छ । अब यो चलचित्र भदौ १७ गतेबाट प्रदर्शनमा आउने भएको छ । 

चलचित्रको पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो । यसअघि भदौ ३१ गतेका लागि चलचित्रको प्रदर्शन मिति तोकिएको थियो ।

उक्त मितिको दुई साता अगाडि नै चलचित्र रिलिज हुने भएको निर्देशक ज्ञानेन्द्र देउजाले जानकारी दिए । भीमनिधि तिवारीको कथा कृतिमा आधारित चलचित्र ‘झिंगेदाउ’मा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल, कुशल विष्ट, हिउँवाला गौतम लगायतको मुख्य भूमिका छ । 

कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रू नेपालको प्रस्तुति रहेको चलचित्रको निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन् । सुशील दाहाल र ईश्वर घिमिरे सह-निर्माता रहेको चलचित्रमा प्रदीप भारद्वाजको पटकथा तथा संवाद छ ।

विष्णु घिमिरे ‘कल्पित’को छायांकन निर्देशन, मदन कश्यप घिमिरेको छायाकन रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व छ । मित्रदेव गुरुङले यस चलचित्रको सम्पादन गरेका हुन् । 

भदौ १७ मा पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ पनि प्रदर्शनमा आउँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्