१० असार २०८३, बुधबार

कंगोमा रहेको शान्ति सेनाको क्याम्पमा आगजनी र लुटपाट, नेपाली सेना सुरक्षित

कंगोमा रहेको शान्ति सेनाको क्याम्पमा आगजनी र लुटपाट, नेपाली सेना सुरक्षित

शान्ति मिसनको कंगोको कार्यालयमा आगजनी र लुटपाट भएको छ । 

कंगोका स्थानीयले शान्ति मिसनविरुद्ध विभिन्न माग राखेर नाराबाजी गरेको र भौतिक संरचनामा आगजनी गरेको नेपाली सेनाले जनाएको छ । 

सेनाले त्यहाँ मिसनमा रहेका नेपाली सेनाका शान्ति सैनिक र पर्यवेक्षकहरु सुरक्षित रहेका जानकारी गराएको छ ।

मिसनमा तैनाथ नेपाली सेनाका सम्पूर्ण युनिटहरू तथा सैनिक पर्यवेक्षकलाई विशेष सुरक्षा सतर्कता अवलम्बन गर्न, परिस्थितिको निरन्तर अनुगमन गर्न तथा श्री शान्ति कार्य निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिएको जङ्गी अड्डाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्