०६ साउन २०८३, बुधबार

आगामी २४ घण्टाको मौसम : कहाँ–कहाँ वर्षाको सम्भावना ?

आगामी २४ घण्टाको मौसम : कहाँ–कहाँ वर्षाको सम्भावना ?

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार आगामी २४ घण्टा देशका विभिन्न स्थानमा बदलीका साथै वर्षाको समेत सम्भावना छ । 

जसअनुसार सोमबार बिहान सुदुरपश्चिम तथा कर्णाली प्रदेशमा सामान्य बदली रही बाकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । यस्तै सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

 यस्तै दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ। 

 यस्तै राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली  रहनेछ। प्रदेश १, मधेश प्रदेश,  बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कमेन्ट गर्नुहोस्