०१ असार २०८३, सोमबार

श्रीमती माग्दै पाँच दिनदेखि ससुरालीमा अनसन

कात्तिक २०, २०७४
श्रीमती माग्दै पाँच दिनदेखि ससुरालीमा अनसन
कोहलपुर, १५ साउन - पत्नीसँग बिछोड गराएको भन्दै बैजनाथ ३ मसुरीस्थित ससुरालीमा अर्जुन सार्की पाँच दिनदेखि अनसनमा छन् ।anshan

अन्तरजातीय विवाह गरेकै कारण सासुससुराले आफूविरुद्ध प्रहरीमा घरेलु हिंसा र सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएर उत्नीसँग विछोड गराएको भन्दै उनी पाँच दिनदेखि पानीमात्र पिएर ससुरालीको घरछेउको खेतमा अनशनमा बसेका हुन्, आजको नागरिकमा खबर छ ।

उनको स्वास्थ्यअवस्था समेत कमजोर बन्दै गएको छ । सासुससुराले पत्नी दर्लामीलाई लुकाएको र आफूविरुद्ध मुद्दा दर्ता गराएको उनको आरोप छ ।

दैलेख नारायण नगरपालिका ६ घर भएका सार्कीले २०७३ असोजमा अन्तरजातीय विवाह गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्