
काठमाडौं, १७ साउन — भारतको बिहारका नयाँ सडक निर्माण मन्त्री नन्द किशोर यादवले भारत–नेपाल सिमानामा सडक परियोजनालाई अघि बढाउने आइतवार बताएका छन् ।

सन् २०१३ मा मुख्यमन्त्री नीतीश कुमार एनडीएबाट छुट्टिँदाखेरी नन्द किशोर सडक मन्त्री थिए । नीतीश अहिले फेरि एनडीएमा फर्किँदा भाजपाका वरिष्ठ नेता नन्द किशोरले सडक परियोजना सुचारु गराउन खोजेका हुन् ।
‘मैले शुरु गरेका परियोजनालाई अघि बढाउनु मेरो प्राथमिकता हुनेछ । त्यो भनेको भारत–नेपाल सीमा सडक र गंगा ड्राइभवे हो । म यसमा काम छिट्टो बढाएर समयमा सक्न चाहन्छु,’ उनले भने ।
सीमा सडक परियोजना सन् २०१२ देखि अड्किरहेको छ । सीतामढीबाट शुरु हुने भनिएको भारत–नेपाल सीमा सडक ५५७ किलोमिटरको हुनेछ । यो सन् २०१६ मा सकिनुपर्ने थियो तर अहिलेसम्म आधी काम मात्र भएको छ ।
द टेलिग्राफ इन्डियाबाट