११ साउन २०८३, सोमबार

एमालेविरुद्ध खनिए प्रधानमन्त्री, संविधान संशोधन प्रस्ताव पारित गराएरै छाड्ने प्रतिबद्धता

कात्तिक २०, २०७४
एमालेविरुद्ध खनिए प्रधानमन्त्री, संविधान संशोधन प्रस्ताव पारित गराएरै छाड्ने प्रतिबद्धता

जनकपुरधाम, १९ साउन प्रधानमन्त्री एवम् नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले मधेसी जनताको भावनानुरूप काँग्रेसले संसद्मा प्रस्तुत गरिएको संविधान संशोधनको प्रस्ताव पारित गराएरै छाड्ने बताएका छन् ।
तेस्रो चरणको स्थानीय तहको निर्वाचन सन्दर्भमा काँग्रेस केन्द्रीय समिति र जिल्ला कार्यसमिति धनुषाद्वारा आज यहाँ आयोजित २ नं का प्रादेशिक कार्यकर्ता भेलालाई सम्बोधन गर्दे उनले मधेसले नै काँग्रेसलाई बचाएको र मधेसले नै काँगेसलाई जिताएको इतिहासलाई जीवन्त राख्न तेस्रो चरणको निर्वाचनमा काँग्रेसले अग्रता लिनैपर्नेमा जोड दिए ।
sher


प्रधानमन्त्री देउवाले हुलाकी राजमार्गलाई पूर्णता दिने सन्दर्भमा आफ्नो भारत भ्रमणमा भारतीय सरकारलाई आग्रह गर्ने बताउँदै नागरिकता, पूर्वपश्चिम रेल्वे, द्रुतमार्ग र निजगढमा विमानस्थल जस्ता विषय छिट्टै टुङ्ग्याइने जानकारी दिए ।
उनले मधेसको माग सम्बोधनअन्तर्गत थुनिएकालाई छाड्ने र मुद्दा फिर्ता लिने कार्यलाई मूर्तता दिने प्रयास जारी रहेको बताए । । देउवाले निर्वाचन जित्ने उम्मेदवारको सिफारिस गर्न जिल्ला कार्यसमितिलाई निर्देशन पनि दिए । उनले नेकपा एमालेले पहाडी राष्ट्रवादको नारा अघि सारेर समाजमा विभाजन र मनोमालिन्य उत्पन्न गर्न उद्यत देखिएको भन्दै त्यसबाट सजग रहन आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्