०९ असार २०८३, मंगलबार

‘दण्डहिनतालाई बढावा दिएका कारण लोकतन्त्रमाथि निरन्तर प्रहार’

‘दण्डहिनतालाई बढावा दिएका कारण लोकतन्त्रमाथि निरन्तर प्रहार’

मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले दण्डहिनतालाई बढावा दिएका कारण मुलुकको लोकतान्त्रिक मूल्य र मान्यतामाथि निरन्तर प्रहार भइरहेको बताएका छन् । 

हिजो शुक्रबार बसेको समाजको २५ औँ राष्ट्रिय परिषद् बैठकमा पहाडीले त्यस्तो बताए । विकासमुखी राजनीति, सेवामुखी राज्यनीति, उद्यममुखी समाज, अधिकारमुखी संस्कृति भन्ने मूल आह्वानसहित प्रारम्भ भएको परिषद् बैठकमा पहाडीले २०६३ सालको ऐतिहासिक परिवर्तनपछि पनि मानव अधिकार उल्लंघनकर्ता बारम्बार पुरस्कृत भएका कारण मानव अधिकार संस्कृति निर्माण र विस्तारमा बाधा पुगेको धारणा व्यक्त गरे ।

समाजका सभापति गोविन्द खनालको सभापतित्वमा सम्पन्न बैठकमा संविधानसभा सदस्य विनोद पहाडी, वरिष्ठ अधिवक्ता डिल्लीराज धिताल, नेपाली कांग्रेसका कुलदिप आचार्य, नेकपा (एमाले) का डोलेश्वर भण्डारी, माओवादी केन्द्रका रामानन्द यादव, जसपाका शेषनारायण साहानी, शान्ति समाजका सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, पूर्व सभापति डा. गंगाधर अधिकारी, वरिष्ठ उपसभापति सुशिल बस्नेत लगायतले धारणा राखेका थिए ।

कार्यक्रममा शान्ति समाजको काठमाडौं शाखालाई वर्ष २०७८–७९ को उत्कृष्ट शाखाका रुपमा प्रसंशापत्र प्रदान गरिएको समाजका कार्यक्रम अधिकृत सरिता पौडेलले बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्