एजेन्सी - जानी नजानी हामी सबै केही न केही अपराध गरिरहेका हुन्छौं । हामीले दिनदिनै गर्ने केही व्यवहार गैरकानूनी हुन् भनी हामीलाई शायद पत्तै छैन ।

१ अर्काको वाईफाई प्रयोग
तपाईंले अर्काको पासवर्ड ह्याक गरेर वाईफाई चलाउने गर्नुभएको छ भने त्यो अपराध हो । धेरै देशमा यस अपराधको सजाय दुई वर्षसम्म कारावास निर्धारण गरिएको छ ।
२ ह्याप्पी बर्थडे गाउनु
संसारको सबभन्दा लोकप्रिय गीतमा डिज्नीको कपीराइट हुने गर्थ्यो । सन् २०१६ मा डिज्नीले कपीराइट बेचेपछि यो गीत गाउनमा कानूनी रोकटोक छैन । नत्र यसअघि कपीराइट कानून उल्लंघन भएको ठहर्थ्यो ।
३ ढिलो गाडी कुदाउनु
कुनै कुनै देशमा ढिलो गाडी हाँक्नु अपराध हो । एउटा गति सीमाभन्दा तल रही गाडी चलाउन पाइँदैन । मजाले सुन्दर दृश्य हेर्दै ढिलो गाडी हाँक्ने सोच नबनाएकै बेश ।
४ सामानको पैसा तिर्नुअघि प्रयोग
कहिलेकाहीँ सुपरमार्केटमा गएर एउटा अंगुरको दानो तपाईं स्वाट्ट मुखमा हाल्नुहोला रे । पछि तिरिहाल्छुु, अहिले मुखमा लिइहालूँ भन्ने सोच गलत हो । पैसा नतिरुन्जेल त्यो सम्पत्ति सुपरमार्केटकै हो । त्यसैले तपाईंले पहिल्यै प्रयोग गर्नु भनेको चोरी हो ।
५ जथाभावी बाटो काट्नु
जथाभावी बाटो काट्दा सुरक्षामा समस्या आउने मात्र होइन । यो त दण्डनीय अपराध हो ।
६ पासवर्ड शेयर गर्नु
तपाईंले साथीसँग आफ्नो पासवर्ड शेयर गर्दा के फरक पर्छ र भन्ने सोच्नुुहुन्छ तर पासवर्ड शेयर गर्नु भनेको सम्झौता तोड्नु हो ।
७ संगीत अपलोड र डाउनलोड गर्नु
आफूले बिदा मनाएको ठाउँको भिडियोमा कुनै गीतको ब्याकग्राउन्ड राख्न मन लाग्ला तपाईंलाई । त्यसरी अर्काको कपीराइट भएका गीत प्रयोग गर्नु गैरकानूनी हो । अनि पैसा नतिरी गीत डाउनलोड गर्नु पनि अपराध हो ।