२२ असार २०८३, सोमबार

चितवनमा चेक बाउन्सका उजुरी बढे

चितवनमा चेक बाउन्सका उजुरी बढे
प्रतिकात्मक तस्वीर

चितवन जिल्लामा चेक बाउन्सका मुद्दा बढ्दो क्रममा रहेका छन् ।

कात्तिक महिनामा स्थापना भएको बैंकिङ कसूर तथा अपराध अनुसन्धान शाखामा अहिलेसम्म २११  निवेदन परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार परेका निवेदनमध्ये ६७ मुद्दा दर्ता भएका छन् । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दर्ता भएका मुद्दामध्ये २६ मुद्दा फैसला भएका छन् । 

निवेदनमध्ये २१ आन्तरिक छलफलबाट टुंग्याइएको उनले बताए । उनले भने, ‘चेक बाउन्सका दैनिक ३ हाराहारी उजुरी पर्ने गरेका छन् ।’ उजुरी जग्गा व्यवसाय, उद्योगी व्यापारी र निर्माण व्यवसायीका रहेका उनले बताए ।

चेक अनादर गर्ने क्रम बढ्दो क्रममा रहेको जनाउँदै उनले पैसा कमाउन सजिलो बाटो रोज्दा समस्या बढेको बताए । बैंकिङ कसूरमा मुद्दा लागेका व्यक्तिलाई बिगो बराबरको जरिवाना र बिगो अनुसारको १ देखि ५ वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको छ ।

पछिल्लो समय चेकलाई केही होइन भन्नेको संख्या बढ्दो रहेकाले पनि समाजमा बैंकिङ कसूर बढ्दै गएको पण्डितले बताए ।

salt training

कमेन्ट गर्नुहोस्