१६ असार २०८३, मंगलबार

कृषकलाई चैते धान लगाउन चटारो

कृषकलाई चैते धान लगाउन चटारो
फाइल फोटो

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सिँचाइको सुविधा पर्याप्त भएका सिमसार क्षेत्रका किसानलाई अहिले हिउँदे (चैते) धान लगाउन चटारो भएको छ ।
    
कावासोती, गैंडाकोटा, देवचुली, मध्यविन्दु नगरपालिका तथा वियनी त्रिवेणी, बुलिङटार र बौद्धिकाली गाउँपालिकामा हिउँदे धान खेती हुने क्षेत्र हुन् । सो क्षेत्रका किसानलाई अहिले अर्मपर्म गरेर धान लगाउन चटारो भएको हो ।
 
बर्खे धानको तुलनामा चैते धानको उत्पादन राम्रो हुने कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ । केन्द्रका प्रमुख गोपाल लामिछानेका अनुसार बर्खे धान प्रतिहेक्टर ३ टनभन्दा बढी उत्पादन हुन्छ भने चैते धान प्रतिहेक्टर ३ देखि ४ टनसम्म उत्पादन हुने गर्दछ ।

खाद्यान्न अभावको परिपूर्तिका लागि चैते धान उत्पादन बढाउनु राम्रो उपाय भएकाले नवलपरासीमा यसको उत्पादन विस्तार गरिँदै लगेको लामिछानेले बताए । ‘चैते धानमा रोग तथा कीरा पनि नलाग्ने भएकाले खेती गर्न सहज छ । यसको उत्पादन वर्षाको समय हुने भएकाले बाली स्याहार्ने बेला किसानले सजकता भने अपनाउनुपर्छ,’ उनले भने ।

गत वर्ष १२ सय १० हेक्टर क्षेत्रफलमा चैते धान रोपाइँ हुँदा ६ हजार १२३ मेट्रिक टन उत्पादन भएको केन्द्रका सूचना अधिकारी शंकर पौडेलले बताए । आर्थिक वर्ष २०७७/७८ मा ७०० हेक्टर क्षेत्रफलमा ३ हजार ३६० मेट्रिक टन उत्पादन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्