११ असार २०८३, बिहीबार

यामाहाको रोम्यान्टिक ‘कि टु द गोल्डेन हार्ट’ स्किम

यामाहाको रोम्यान्टिक ‘कि टु द गोल्डेन हार्ट’ स्किम

भ्यालेन्टाइनको अवसरमा यामाहाले अत्यन्त रोमाञ्चक र रोम्यान्टिक स्किम ल्याएको छ, जसमा अद्भूत सरप्राइजहरू रहेका छन् ।

‘की टू द गोल्डेन हार्ट’ स्किमले १ लाखसम्मको क्यास ब्याकको मजेदार अफर पनि ल्याएको छ । 

हरेक हप्ता यामाहाले एउटा सुनको लकेट र यामाहाको सुनको चाबी पनि उपहार स्वरूप दिने जनाइएको छ ।

लक्की ड्रमार्फत हरेक हप्ता बिजेताको घोषणा गरिनेछ । यो अफर यामाहाका सीमित मोडेलहरूको खरिदमा मात्र उपलब्ध हुनेछ ।

यी मोडेलहरू FZ-S FI Version 3.0, FZ-S FI Version 2.0, FZ FI Version 2.0, SZ-RR Version 2.0, Saluto 125 cc, Ray ZR 125 FI, Fascino 125 FI र Ray Z 113 cc रहेका छन् । यो अफर यामाहा स्कुटरमा १–१७ फेब्रुअरी २०२३ सम्म मात्र लागू हुनेछ भने यामाहाका बाकइहरूमा १९ जनवरी २०२३ देखि नयाँ योजना घोषणा नगरेसम्म लागू हुनेछ ।

खरिदकर्ताले एकै पटकमा सम्पूर्ण रकम लगानी गर्न नसकेको खण्डमा यामाहासँग वैकल्पिक प्रस्ताव पनि रहेको जनाइएको छ । ‘खरिदकर्ताले सबैभन्दा कम डाउनपेमेन्टको विकल्प रोज्न सक्छ, जुन पूर्ण रकमको २०% हो । यो अफर ९.९९% को न्यूनतम ब्याजदरमा पनि उपलब्ध छ ।  फेब्रुअरी महिना प्रेमको प्रतीक रहेको हुँदा परस्परको यही प्रेम र आत्मियता मनाउँदै, यामाहाले एक आकर्षक साप्ताहिक उपहार ल्याएको छ,’ कम्पनीले भनेको छ, ‘एउटा सुनको लकेट र यामाहाको सुनौलो चाबीको साप्ताहिक उपहार प्राप्त गर्ने अफर रहेको छ ।’

अफर यामाहा फाइनान्स, एमएडब्ल्यु इन्भेस्टमेन्ट प्रालिद्वारा सञ्चालन गरिएको जनाइएको छ ।

‘हामी यो मायाको याममा ‘कि टु द गोल्डेन हार्ट’ अफर शुरू गर्न पाउँदा अत्यन्तै हर्षित छौं । यो योजनाले बाइक उत्साहीहरूलाई कम डाउन पेमेन्ट र न्यून ब्याज दरमा बाइक/स्कुटर किन्न पाउने उत्कृष्ट अवसर प्रदान गर्नेछ भन्ने हाम्रो दृढ विश्वास छ,’ यामाहा नेपालका मार्केटिङ प्रमुख यम गुरुङले भने ।

salt training

कमेन्ट गर्नुहोस्