१५ असार २०८३, सोमबार

सातौं तलाबाट लडेर कामदार चौधरीको मृत्यु

सातौं तलाबाट लडेर कामदार चौधरीको मृत्यु

काठमाडौं महानगरपालिका –२६ लाजिम्पाटस्थित निर्माणाधिन घरको सातौ तलाबाट खसेर सोही घरमा काम गर्ने एक कामदारको मृत्यु भएको छ । 

दाङ राप्ती गाउँपालिका –२ घर भएका ३७ वर्षीय श्रीपाल चौधरीको मंगलबार घरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । लडेर गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । 

प्रहरीले घटनाबारेमा थप अनुसन्धान भइरहेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्