०७ असार २०८३, आइतबार

माउसुलीले दिन्छ यस्तो संकेत, घरमा देखियो भने.....

कात्तिक २०, २०७४
माउसुलीले दिन्छ यस्तो संकेत, घरमा देखियो भने.....


कहिलेकाहीँ पशुपक्षी र जीवजन्तुले भविष्यमा हुनसक्ने विभिन्न किसिमका घटनाका बारेमा अवगत गराइदिन्छन् । घरमा पाइने माउसुलीले भविष्यमा हुने धेरै घटना बताइदिन्छन् । यो वर्णन शकुन शास्त्रमा गरेको पाइन्छ । जानौं माउसुलीसँग जोडिएका शकुन तथा अपशकुन :

नयाँ घरमा प्रवेश गर्ने समयमा गृहस्वामीले मरेको वा माटो लागेको माउसुली देखेमा उक्त घरमा बस्ने मानिस राेगी हुन सक्छन् । यस अपशकुनबाट बच्नका लागि पूर्ण विधिविधानका साथ पूजन गर्नुपर्छ ।

माउसुलीले कामक्रीडा गरेको देख्नुभयो भने कुनै पुरानो मित्रसँग भेट हुनसक्छ । दुई माउसुली झगडा गरेको देख्नुभयो भने तपाईंको कसैसँग वैमनस्य हुन सक्छ ।

दिउँसो खाना खाँदा माउसुलीको आवाज सुन्नुभयो भने छिट्टै कुनै शुभ समाचार सुन्न पाउनुहुनेछ । तर यो दुर्लभ नै हुन्छ किनकि माउसुलीहरू प्रायः रातमा मात्र आवाज निकाल्छन् ।

शरीरको कुन अंगमा खस्दा के फल ? 
टाउको: सम्पत्ति पाइने सम्भावना 
कपाल: मृत्युको बेला भएको संकेत दाहिने 
कान: गरगहना प्राप्ति 
देब्रे कान: आयु वृद्धि 
नाक: भाग्योदय 
मुख: मीठो भोजन 
दाहिने गाला: उमेर बढ्ने 
देब्रे गाला: पुरानो साथी भेट 
गर्दन: यशप्राप्ति 
दाह्री: डरलाग्दो घटना 
जुँगा: सम्मान प्राप्ति 
आँखीभौं: धनहानि 
दाहिने आँखा: कुनै मित्रसँग भेट 
देब्रे आँखा: छिट्टै धनहानि 
घाँटी: शत्रुनाश 
दाहिने काँध: विजय प्राप्ति 
देब्रे काँध: नयाँ शत्रु बन्ने 
दाहिने हात: धनलाभ देब्रे 
हात: सम्पत्ति नाश 
दाहिने हत्केला: कपडा पाइन्छ 
देब्रे हत्केला: धन नाश 
दाहिने छाती: धेरै खुशी 
देब्रे छाती: घरमा क्लेश 
कमरको बीचमा: आर्थिक लाभ 
पिठ्युँको दाहिने भाग: सुख 
पिठ्युँको देब्रे भाग: रोग 
पिठ्युँको बीच भाग: घरमा कलह 
नाभि: मनोकामना पूर्ण 
दाहिने जाँघ: सुख 
देब्रे जाँघ: शारीरिक पीडा 
दाहिने घुँडो: यात्रा 
देब्रे घुँडो: बुद्धिनाश 
दाहिने गोडो: ऐश्वर्य प्राप्ति 
देब्रे गोडो: बिरामी 
दाहिने पाइतालो: श्रीप्राप्ति 
देब्रे पाइतालो: व्यापार हानि

कमेन्ट गर्नुहोस्