१५ असार २०८३, सोमबार

बेलारुसमा रुसको गुप्तचर विमान ध्वस्त पारिएको दाबी

फागुन १५, २०७९
बेलारुसमा रुसको गुप्तचर विमान ध्वस्त पारिएको दाबी

बेलारुसबाट निर्वासित विपक्षी दलहरूको संगठनले राजधानी मिन्स्क नजिक रहेको एक एयरस्ट्रिपमा रुसी विमान नष्ट गरिएको दाबी गरेको छ । 

‘पार्टिसन्सले मिन्स्क नजिक माचुलिश्ची एयरफील्डमा रुसको विमान ध्वस्त पार्नका लागि विशेष कारवाही गरेका छन्,’ फ्रानाक भियाकोर्काले ट्वीटमार्फत जानकारी दिए । उनी विपक्षी नेत्री स्वेत्लाना त्सिखानुस्कायाका सल्लाहकार हुन् । 

यस कारवाहीमा दुईजना बेलारुसीले ड्रोन उपयोग गरेका थिए । उनीहरू दुवैजनाले देश छोडिसकेको र सुरक्षित रहेको पनि बताइएको छ । 

रुसको ए–५० गुप्तचर विमानलाई तारो बनाइएको भियाकोर्काको भनाइ छ । विमानको मूल्य ३४ करोड ८० लाख डलर छ । 

‘बेलारुसमा रुसले गरेको नियन्त्रणलाई प्रतिकार गर्ने तथा युक्रेनको स्वतन्त्रताका लागि लड्ने सबै बेलारुसीहरूप्रति मलाई गर्व छ,’ विमान नष्ट गरिएको खबरपछि त्सिखानुस्कायाले ट्वीट गरिन् । 

यस कारवाहीलाई स्वतन्त्र रूपमा पुष्टि गरिएको छैन । रुसी सेनाले यस विषयमा बयान जारी गरिसकेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्