
ढोरपाटन नगरपालिका–३ सामा बस्ने २१ वर्षीय राजन घिमिरेको आफ्नै घरदेखि ५० मिटर टाढा जंगलमा ढुंगा झिक्नेक्रममा माथिबाट खसेको ढिस्कोले च्यापिँदा मृत्युभएको छ ।
प्रहरीका अनुसार च्यापिँदा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।