११ साउन २०८३, सोमबार

नर्भिकले निःशुल्क सुगर जाँचसहित बृहत् कार्यक्रम गर्ने

फागुन ३०, २०७९
नर्भिकले निःशुल्क सुगर जाँचसहित बृहत् कार्यक्रम गर्ने

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत मधुमेह(सुगर)का बिरामीलाई लक्षित गरी बृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ । 

अस्पतालले आगामी चैत ७ गते मधुमेहका बिरामीलक्षित वृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको हो । 

नर्भिक अस्पतालको नर्सिङ ट्रेनिङ हलमा सो कार्यक्रम आयोजना हुनेछ । 

दिउँसो १ बजेदेखि कार्यक्रम सुरु हुने र त्यसमा सहभागी हुनेहरूका लागि अस्पतालले निःशुल्क सुगर लेभल जाँचको सेवा समेत उपलब्ध गराउने अस्पतालले जनाएको छ । 

सो क्रममा नर्भिक अस्पतालकी विशेषज्ञ चिकित्सक डा. कामक्क्षा शाहले जनचेतनामूलक कार्यक्रमको नेतृत्व गर्ने र निःशुल्क परामर्श सेवा समेत उपलब्ध गराउने छिन् । 

नर्भिक अस्पतालले बेला–बेला आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ । एकमहिनाअघि पनि अस्पतालले मधुमेहका बिरामीलाई लक्षित गरी वृहत निःशुल्क जनचेतना कार्यक्रम आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा सर्वसाधारणको उत्साहजनक सहभागिता थियो । त्यस्तै कार्यक्रम पुनः गर्नुपर्ने माग आएपछि त्यसलाई सम्बोधन गर्न चैत ७ गते अर्को जनचेतनामूलक कार्यक्रम राखिएको अस्पतालले जनाएको छ। 

अस्पतालले लामो समयदेखि प्रत्येक शनिवार यूरोलोजीको टिम परिचालन गरी निःशुल्क ओपीडी सेवासमेत सञ्चालन गर्दै आएको छ ।

चाडपर्व, उत्सव तथा विशेष अवसरमा अस्पतालले विभिन्न हेल्थ प्याकेज तथा स्किम सार्वजनिक गर्दै भारी छुटमा अस्पतालको सेवा लिन सकिने अफरहरूसमेत सार्वजनिक गर्दै आएको छ । 

विशेष अवसर पारेर विभिन्न विज्ञ चिकित्सकलाई सहभागी गराई निःशुल्क स्वास्थ्य जाँचको सेवासमेत उपलब्ध गराउने गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्