०३ साउन २०८३, आइतबार

कार बम विस्फोटमा दक्षिणी सोमालियामा चारजना सैनिकको मृत्यु

चैत १, २०७९
कार बम विस्फोटमा दक्षिणी सोमालियामा चारजना सैनिकको मृत्यु

दक्षिणी सोमालियामा मङ्गलबार भएको आत्मघाती आक्रमणमा कम्तीमा चार सैनिकको मृत्यु हुनाका साथै क्षेत्रीय गभर्नरसहित नौ जना घाइते भएका छन् । 

बर्धेरे जिल्ला आयुक्त मोहम्मद वली युसुफले फोनमा पत्रकारहरूलाई दिएको जानकारीअनुसार अल–शबाब आतङ्ककारीहरूले गेदो क्षेत्रको बर्धेरे सहरमा रहेको क्षेत्रीय अतिथि गृहमा आत्मघाती कार बम हमला भएको हो ।

विस्फोटक पदार्थले भरिएको गाडीमा आएका अतिवादीहरूले प्रहरी चौकी नजिकै रहेको गेस्ट हाउसमा आक्रमण गर्दा भवनको अधिकांश भाग ध्वस्त भएको पनि उनले बताएका छन् । पछिल्लो आक्रमणको जिम्मेवारी अल–शबाब चरमपन्थीहरूले लिएका छन् । यसैबीच स्वतन्त्र स्रोतले भने अझ बढी हताहत भएको बताएको छ ।

सोमाली राष्ट्रिय सेना र क्षेत्रीय अधिकारीहरूले यस क्षेत्रमा लडाकुहरू विरुद्ध कारबाही गर्ने तयारी गरिरहेका बेला उक्त आक्रमण भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्