१२ असार २०८३, शुक्रबार

सरकारले तोक्यो कर्मचारीको खाजा खाने समय

सरकारले तोक्यो कर्मचारीको खाजा खाने समय

सरकारले सरकारी कर्मचारीको लागि खाजा खाने समय तोकिदिएको छ ।

२०८० सालको सार्वजनिक बिदाको सूचीसहित सरकारले खाजा खाने समय समेत तोकिदिएको हो ।

खाजाका लागि कर्मचारीले दिउँसो साढे १ देखि २ बजेसम्मको समय पाएका छन् ।

सरकारी कार्यालयका कर्मचारीहरू खाजाका लागि भन्दै सेवा प्रभावित गरेर आफूखुसी हिँड्ने गरेका थिए ।

अधिकाशं सरकारी कार्यालयमा खाजा समय भनेर १ देखि २ बजेसम्म सरकारी काम प्रभावित हुने गरेको थियो। 

गृहसचिव विनोद प्रकाश सिंहले बिहीबार राजपत्रमा सूचना प्रकाशित गरी विदाको तालिका सार्वजनिक गरेका हुन् ।

फागुन १ गते जनयुद्ध र पुस २७ गते राष्ट्रिय एकता दिवसको बिदा पनि राजपत्रमा सूचीकृत गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्