१३ साउन २०८३, बुधबार
रास्वपाको निर्णय

प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन कायमै राख्ने रास्वपाको निर्णय

प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन कायमै राख्ने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको जानकारी नेता रमेश प्रसाईंले दिए ।

प्रसाईंका अनुसार रास्वपाले भोलि प्रधानमन्त्रीलाई विश्वासको मत दिने छ ।

तर सरकारमा सहभागी हुने वा नहुनेबारे भने पार्टीले कुनै निर्णय नलिएको जानकारी उनले दिए ।

रास्वपा यसअघि सरकारबाट फिर्ता भए पनि समर्थन फिर्ता लिएको थिएन ।

सरकारलाई समर्थन गरिरहन रास्वपाले दिएका कारण यस्ता छन्

नेता प्रसाईंका अनुसार रास्वपाले भोलि प्रधानमन्त्रीलाई विश्वासको मत दिनेछ ।

‘सरकारको सुविधा लिएर सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय रास्वपाले गरेको छ’, प्रसाईंले लोकान्तरसँग भने, ‘सरकारको मुद्दा, न्यूनतम साझा , भ्रष्टाचारको छानबिन, ई गभर्नेन्स, विदेशमा रहेकालाई मतदानको अधिकार जस्ता विषय हाम्रो बलमा सरकारका साझा कार्यक्रममा पारेका छौं । हामीले उठाएर यस अघिको कार्यक्रममा पारिएका यी मुद्दा सरकारको वार्षिक नीति तथा कार्यक्रममा आएनन् भने पुनर्विचार गनेर्छौँ । अन्यथा अहिले हामीले सरकारलाई समर्थन कायम गरेका छौं।’

salt training

कमेन्ट गर्नुहोस्