१२ असार २०८३, शुक्रबार

राहदानी विभागले घोडेजात्राको बिदाको दिन पनि सेवा दिने

राहदानी विभागले घोडेजात्राको बिदाको दिन पनि सेवा दिने

राहदानी विभागले मङ्गलबार अर्थात् घोडेजात्राको बिदाका दिन पनि आफ्नो सेवा दिने भएको छ । सरकारले घोडेजात्राका अवसरमा मङ्गलबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहदानी विभागले भने आफ्नो सेवा नरोकिने जनाएको छ । 

विभागका सूचना अधिकारी खिमानन्द भुसालले मङ्गलबार बिहान १० देखि दिउँसो साढे २ः३०  बजेसम्म विभाग खुल्ने र सेवा प्रदान गरिने बताए । उनले भने, “भोलि मङ्गलबारका लागि आठ सय जनाले राहदानीका लागि फम भरेका र बिदा परेकाले पनि हामीले २ः३० बजेसम्म हाम्रो सेवा दिनेछौँ ।” 

यसैगरी, विभागले मङ्गलबार बिदाका दिनमा पनि आफ्नो सेवा दिने विषयमा एक सूचनासमेत सार्वजनिक गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्