०६ साउन २०८३, बुधबार

चर्चामा स्वप्न सुमनको गीत, १० दिनमा ६० लाख भ्युज

‘नढाक न मुहार शृङ्गारले, चन्द्रमामा पनि दाग हुन्छ’
चर्चामा स्वप्न सुमनको गीत, १० दिनमा ६० लाख भ्युज

गाजल त्यो तिम्रो मेटाइदेऊ न 
तिम्रो आँखाको रङ हेर्न मन छ
बाँधेको केस फुकाइदेऊ न 
हावाले उडाको मन पर्छ 
नढाक न मुहार शृङ्गारले 
नढाक न मुहार शृङ्गारले 
चन्द्रमामा पनि दाग हुन्छ 
चन्द्रमामा पनि दाग हुन्छ

यो गीत यतिबेला सोसल मिडियामा चर्चामा छ । टिकटक, इन्स्टाग्राम, फेसबुक रिल्सदेखि युट्युबमा गीत चर्चित छ । 

‘जे छौं तिमी’ शीर्षकको यो गीत १० दिनअघि युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा लाखौं टिकटक भिडियो बनेका छन् । छोटो समयमै गीतको भिडियोलाई ६० लाख बढी पटक हेरिएको छ । युट्युबमा संगीततर्फ ट्रेन्डिङको पहिलो नम्बरमा छ गीत । 

स्वप्न सुमनको शब्द रचना रहेको यो गीत उनले समीर श्रेष्ठसँग गाएका छन् ।

फरक जनराको संगीतमा रुचाइएका दुई चर्चित व्यक्ति स्वप्न सुमन र समीर श्रेष्ठलाई संगै सुन्न र देख्न पाउँदा स्रोता दर्शकहरुले खुशी लागेको बताएका छन् । भिडियोमा यी दुवै फिचर्ड छन् । 

नयन राईको निर्देशन एवं छायांकन रहेको भिडियोमा अशोक अधिकारीको भिएफएक्स एवं सम्पादन छ । 

स्वप्न सुमनको अफिसियल युट्युब च्यानलमा गीत सुन्न र हेर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्