०५ साउन २०८३, मंगलबार

संवैधानिक परिषद् बैठकमा प्रधानन्यायाधीश सिफारिसबारे जुटेन सहमति

संवैधानिक परिषद् बैठकमा प्रधानन्यायाधीश सिफारिसबारे जुटेन सहमति

लामो समयपछि बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन बनेको छ ।

प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउन बसेको परिषद्को बैठकमा कुनै सहमति नजुटेको हो । 

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल भए पनि कुनै निर्णयमा नपुगेको जानकारी दिए । 

बुधवार बिहान ८ बजे बस्ने भनिएको बैठक ९ बजे मात्रै शुरू भएको थियो तर आधा घण्टा हाराहारी मात्रै बसेको बैठकमा कुनै सहमति नजुटेको हो ।

सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना मगर र उपप्रधान एवं कानूनमन्त्री पूर्णबहादुर खड्का सहभागी थिए ।

प्रधानमन्त्रीसँगै रहेको कानून मन्त्रालयको जिम्मा खड्कालाई दिएपछि उनी पनि परिषद्को बैठकमा सहभागी भएका छन् ।

२०७९ मंसिर २७ गतेदेखि कायममुकायम प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की छन् । चोलेन्द्रशमशेर राणा अनिवार्य अवकाशमा गएपछि कार्कीले कायममुकायम प्रधानन्यायाधीशको रूपमा काम गर्दै आएका हुन् । 

यसअघि सोमवार एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको शीर्ष नेताको बैठकमा प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियालाई अघि बढाउने समझदारी भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्