३१ असार २०८३, बुधबार

भगवान् श्रीकृष्णको नगरी मथुरामा मासु र रक्सी नबेच्न योगी आदित्यनाथले दिए चेतावनी

बैशाख १५, २०८०
भगवान् श्रीकृष्णको नगरी मथुरामा मासु र रक्सी नबेच्न योगी आदित्यनाथले दिए चेतावनी

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मथुरामा मासु र रक्सी नबेच्न चेतावनी दिएका छन् । 

मे ४ र ११ मा हुन लागेको नगर चुनावको पूर्वसन्ध्यामा आमसभालाई सम्बोधन गर्ने क्रममा योगीले मथुरामा भने, ‘सन् २०१७ अघि मथुरामा मासु र रक्सी बेच्ने गरिन्थ्यो । तर भाजपाको सरकार बनेपछि हामीले पवित्र शहरमा यसमाथि प्रतिबन्ध लगायौं । यस ठाउँलाई पहिला दूधको सागर भनिन्थ्यो ।’

भाजपाले कसैलाई विभेद नगर्ने र अराजकतालाई अनुमति पनि नदिने उनले बताए । ‘मासु र रक्सी बेच्नेहरूलाई हामीले दूधको परिकार र तरकारी बेच्न भनेका थियौं अनि पवित्र शहरको धार्मिकतामा छेडछाड नगर्न भनेका थियौं ।’

‘पहिला मानिसहरू बन्दूक लिएर घुम्थे अनि पैसा धुत्थे तर अहिले युवाहरू ट्याब्लेट (ठूलो फोन) बोक्छन्,’ उनले बताए, ‘हामीले राज्यका विद्यार्थीहरूलाई लगभग दुई करोडवटा ट्याब्लेट बाँडेका छौं ।’

चौरासी कोस परिक्रमा अयोध्याधाममा मात्र नभई ब्रजधाममा पनि हुने उनले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्