
काठमाडौं, २२ भदौ- युरोपको नं. १ ब्राण्ड इलेक्ट्रोलक्सले नेपालीहरुको महानपर्व दशैं, तिहार र छठलाई लक्षित गर्दै ‘दशैं तिहारमा उपहार स्योर सट’ योजना सार्वजनिक गरेको छ ।
यस उपहार योजना अन्तर्गत ग्राहकहरुले फ्रिज, वासिङ मेसिन, डिस वासर, चुल्हो, चिम्नि र एयर कन्डिसनरकोे हरेक खरिदमा रु.२१९००÷– देखि रु. १७९०÷– सम्मका विभिन्न इलेक्ट्रोनिक सामानहरु स्योर सट उपहारका रुपमा प्राप्त गर्न सकिने कुरा कम्पनीले जनाएको छ ।
यो योजना भाद्र २१ गते बाट सुरु भई छठपर्व सम्म मात्र सिमित रहने छ ।