०९ असार २०८३, मंगलबार

पस्किएको भात खान नपाई घरमाथि बस बज्रियो...

कात्तिक २०, २०७४
पस्किएको भात खान नपाई घरमाथि बस बज्रियो...
नुवाकोट, २५ भदौ- शिवपुरी गाउँपालिका ७ लोहरेटोलकी सीता तामाङ शनिबार बिहान ११:४० बजे भात पस्किएर खान ठिक परेकी मात्र थिइन्। तर, एक्कैचोटी घर भत्कियो। उनले कसरी घर भत्कियो भन्ने केही थाहा पाइनन्। उनले एक गाँस पनि भात नखादै उनको घर पुरै क्षतविक्षत भएको थियो भने दर्जनौँ यात्रु बोकेको बस उनको घरमाथि टुक्राटुक्रा भएर बज्रिएको थियो।Bus ACC
काठमाडौंको माछापोखरीबाट नुवाकोटको खरानीटारका लागि हिँडेको बस शिवपुरी गाउँपालिका ७ लोहोरेटोको सडकबाट तीन सय ५० मिटर झरेपछि सीताको घरमै बज्रिएको हो। खरानीटार जाँदै गरेको बा १ ख ६३४८ नम्बरको बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने २८ जना घाइते छन्।
बस दुर्घटना हुँदा घरमै गम्भीर घाइते भएकी अनिल तामाङकी श्रीमती ३१ वर्षीया सीताको अहिले काठमाडौको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ, अन्नपुर्णले खबर छापेको छ ।

salt training

कमेन्ट गर्नुहोस्