×

NMB BANK
NIC ASIA

निर्माणाधीन संसद् भवन

सिंहदरबारभित्र यस्तो बनिरहेको छ साढे ५ अर्बको संसद् भवन, कहिले सकिन्छ काम ? [भिडियो]

काठमाडाैं | असार १०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

सम्झौताअनुसार काम भएको भए अघिल्लो असोजमा नै संसद्को भवन निर्माण भइसक्नुपर्ने थियो ।

Muktinath Bank

बानेश्वरस्थित बीआईसीसीमा बैठक बस्ने सांसदहरू सिंहदरबारस्थित आफ्नै भवनमा सरिसकेका हुन्थे । तर, निर्माण कम्पनी टुन्डी शेख जेभीले भनेको समयमा काम सकेन । म्याद झण्डै एक वर्ष घर्किसकेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

निर्माणका लागि असोजसम्मको नयाँ म्याद दिइएको छ । भौतिक प्रगति हेर्दा असोजमा पनि काम सकिनेमा आशंका छ । वि.सं. २०७६ असोज १६ गते नेपाली र चिनियाँ कम्पनी टुन्डी शेख जेभीलाई भवन निर्माणको जिम्मा दिइएको थियो । 

Vianet communication
Laxmi Bank

गत भदौ १५ गते भवन निर्माण सक्नुपर्ने शर्त थियो । अहिले निर्माणको करीब ७० प्रतिशत काम सकिएको छ । बाँकी काम असोजमा सक्ने निर्माण पक्षको दाबी छ । 

null

संसद् भवनको काम भवन निर्माण विभागअन्तर्गत विशेष भवन निर्माण आयोजनाले हेर्छ । आयोजना निर्देशक मचाकाजी महर्जनले आफू आएपछि कामले गति लिएको दाबी गरे ।

‘अपर हाउस, लोअर हाउस तथा सेन्टर लबी छाउने काम भइरहेको छ,’ महर्जनले भने, ‘यही असोजसम्म सक्ने लक्ष्य छ ।’

null

उनले कोभिडका कारण निर्माण कम्पनीको मागअनुसार एक वर्ष म्याद थप गरेको बताए । 

‘खास हामीले अहिले ६ महिना मात्रै म्याद थपेका छौं, तर निर्माण कम्पनीले भने एक वर्षको म्याद चाहेको छ,’ उनले भने ।      

निर्माण  कम्पनीले भने आर्थिक मन्दी, एलओसी खोल्न समस्या, क्यास मै कारोबार गर्नुपर्ने लगायतको समस्या भोग्दै आएको जनाएको छ । 

null

आयोजनाका अनुसार निर्माण कम्पनीले डिजाइन, ड्रइङ नै पेश गर्न ढिलाइ गरेको कारण पेमेन्टमा ढिलाइ भएको बताएको छ ।

‘हामीले छिटो काम सम्पन्न गर्न ताकेता गर्दै आएको छौं,’ आयोजना प्रमुख महर्जन भन्छन्, ‘पेमेन्टमा समस्या छैन, तर काममा भने सुस्तता आएको छ ।’ 

null

पाँच अर्ब ६८ करोड ३९ लाखको ठेक्कामा भवन निर्माण थालिएको हो ।

संघीय संसद् सचिवालयको आफ्नै भवन नहुँदा वार्षिक १६ करोड ५० लाख रुपैयाँ नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडास्वरूप तिर्दै आएको छ ।

null

सम्मेलन केन्द्र काठमाडौं महानगरपालिकाको स्वामित्वमा छ । संसद् सचिवालयले पनि भवन छिटो समापन गर्न ताकेता गर्दै आएको छ ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

हरिबोधनी एकादशीको अवसरमा काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ भइरहेको छ । बूढानिलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा बिहीवारदेखि उक्त सप्ताह महायज्ञ शुरू भएको हो ।   ...

माघ ९, २०८०

चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...

मंसिर ७, २०८०

'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...

भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

मंसिर १९, २०८०

पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै केही महिनाअघि रोकिएको 'ग्वार्को फ्लाइ ओभर'को (ओभरपास) निर्माण कार्य अहिले द्रुत गतिमा अगाडि बढेको छ । प्राविधिक टोलीले अध्ययन पूरा गरि रि-डिजाइन...

असोज १२, २०८०

खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x