०६ असार २०८३, शनिबार

नागरिकको उपचार गर्ने दायित्वबाट राज्य पछि हट्न सक्दैनः स्वास्थ्यमन्त्री

असार १५, २०८०
काठमाडौं
नागरिकको उपचार गर्ने दायित्वबाट राज्य पछि हट्न सक्दैनः स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नागरिकको उपचार गर्ने दायित्वबाट राज्य पछि हट्न नसक्ने बताएका छन् । 

शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित राष्ट्रिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले जस्तोसुकै बेलामा पनि विपन्न नागरिकले उपचार पाउने बताए । जस्तोसुकै अफ्ठ्यारो परिस्थितिको सामना गर्दै सरकार नागरिकलाई स्वास्थ्य सेवा दिन तयार रहेको बताए । 

मन्त्री बस्नेतले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिए ।
 

कमेन्ट गर्नुहोस्