०९ असार २०८३, मंगलबार

चिडियाखानाको आम्दानी १७ करोड ७५ लाख

साउन ३, २०८०
काठमाडौं
चिडियाखानाको आम्दानी १७ करोड ७५ लाख

अर्थिक वर्ष २०७९/८० मा जावलाखेलस्थित सदर चिडियाखानाले रु १७ करोड ७५ लाखभन्दा बढी आम्दानी गरे पनि लक्ष्यमा पुग्न भने सकेन ।  
    
गत आवमा उक्त स्थानमा १० लाख ८६ हजार छ सयले अवलोकन गरेका थिए ।  त्यसबाट रु १७ करोड ७५ लाख ७१ हजार आम्दानी गरेको चिडियाखानाले जानाएको छ । अवलोकनकर्ताले प्रवेश शुल्कस्वरूप तिरेको रकम नै यहाँको मुख्य आम्दानीको स्रोत हो ।   

यो आम्दानी अघिल्लो आर्थिक वर्षको भन्दा रु तीन करोड बढी हो । गत आर्थिक वर्षका लागि रु २० करोडको लक्ष्य लिएको चिडियाखानाले लक्ष्यभन्दा तीन करोड कम आम्दानी गरेको चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्