०६ असार २०८३, शनिबार

लहान अस्पतालमा एन्टिरेबिज भ्याक्सिनको अभाव हुँदा बिरामी समस्यामा

साउन ६, २०८०
सिरहा
लहान अस्पतालमा एन्टिरेबिज भ्याक्सिनको अभाव हुँदा बिरामी समस्यामा

सिरहाको लहान नगरपालिका–७ का पुष्पराज बनैँता शुक्रबार रेबिजविरुद्ध लगाइने एन्टिरेबिज भ्याक्सिनको तेस्रो डोज लगाउन यहाँस्थित लहान प्रादेशिक अस्पतालमा गए । तर अस्पतालले उक्त भ्याक्सिनको मौज्दात सकिएको बताएपछि उनले बाहिर निजी क्लिनिकमा गएर महँगोमा उक्त भ्याक्सिन लगाए।

अस्पतालमा एन्टिरेबिज भ्याक्सिनको नौ दिनदेखि अभाव भएपछि बनैँता जस्तै अन्य बिरामी चर्को शुःल्क तिरेर बाहिर निजी क्लिनिकमा जान बाध्य भएका छन् । उपचारका लागि आउने बिरामी निराश बन्दै फर्कने गरेका छन् । एन्टिरेबिज भ्याक्सिन सरकारी अस्पतालमा निःशुल्क पाउने हो ।

भ्याक्सिनको अभावमा यहाँका गरिब र विपन्न परिवारलाई उपचारमा समस्या भएको छ । बढीमा प्रति इन्जेक्सन रु पाँच सय पर्ने भ्याक्सिनलाई अस्पतालमा मौज्दात सकिएको मौका छोपी निजी मेडिकल पसलले रु एक हजार पाँच सयदेखि रु दुई हजारसम्म असुल्ने गरेको सेवाग्राहीको गुनासो छ ।

प्रदेशबाट आपूर्ति हुन नसक्दा समस्या भएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा सुनिलकुमार कुहवाहाले बताए ।

भ्याक्सिन लगाउन दुई सयभन्दा बढी बिरामी रहेको अस्पतालले जनाएको छ । 
कुकुर, बिरालो, बाँदरलगायतका घरपालुवा तथा अन्य केही जङ्गली जनावरले टोकेर दैनिक ५० जनासम्म अस्पताल आउने गरेको अस्पतालले जनाएको छ । 

कमेन्ट गर्नुहोस्