०९ असार २०८३, मंगलबार

पिपरा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झासहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

साउन १२, २०८०
काठमाडौं
पिपरा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झासहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको पिपरा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रंजिता झासहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

गाउँपालिकाको वडा नम्बर १ मा बाटो ढलानको कार्य गर्दा कमसल सामाग्री प्रयोगगरी गाउँपालिकाबाट प्राप्त रकम हिनामिना गरेको अभियोगमा उनीहरूविरुद्ध आज (शुक्रवार) विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । 

उनका अनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झासहित निर्माण उपभोक्ता समितिका अध्यक्ष नवोनारायण मिश्र, सचिव कमरुल खातुन र कोषाध्यक्ष रतन साह र तत्कालीन सव-इन्जिनियर श्याम किसोर मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो । 

उनीहरूले वडा नं. १ को एकरहिया कृषि सडक ओलारदेखि खैरबा सडकको पीसीसी ढलान कार्यमा नभएको कार्यलाई बढी काम भएको झुट्टा विवरण तयार पारी उपभोक्ता समितिलाई एक लाख ४८ हजार ९१० भुक्तानी दिइएको अख्तियारको दाबी छ । 

उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) (ग) र (ङ) बमोजिमको एक लाख ४८ हजार९१० रुपैयाँ बिगो कायमगरी मुद्दा दायर गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्