
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै स्वामित्वको फार्मेसी सञ्चालन गर्न स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ ।
मन्त्रालयले मंगलवार एक परिपत्र गर्दै सरकारी, निजी, गैरसरकारी, सामुदायिक, प्रतिष्ठान तथा मेडिकल कलेजहरूलाई आफ्नै फार्मेसी संचालन गर्नका लागि निर्देशन दिएको हो ।
अस्पताल फार्मेसी निर्देशिका २०७२ कार्यान्वयनमा रहेको जानकारी दिँदै मन्त्रालयले निर्देशिकाको प्रस्तावना तथा दफा २० अनुरुप आफ्नै स्वामित्व रहेको अस्पताल फार्मेसीमार्फत अस्पतालमा प्रयोग हुने सम्पूर्ण औषधि तथा औषधिजन्य सामग्रीहरू २४ सै घण्टा बिरामी वा बिरामीको कुरुवाले प्राप्त गर्न सक्ने अवस्थाको सुनिश्चितता गरी अस्पताल फार्मेसी सेवा प्रदान गर्नु पर्ने मन्त्रालयले जनाएको छ ।
साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी अस्पतालहरूको न्यूनतम सेवा मापदण्डमा समेत अस्पताल हाताभित्र अस्पतालकै फार्मेसी बाहेक अन्य फार्मेसी सञ्चालन नगर्न मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले परिपत्र जारी भएको मितिले एक महिना भित्र आवश्यक प्रक्रिया पूरा गरी आफ्नै स्वामित्वमा अस्पताल फार्मेसी सञ्चालन हुने व्यवस्था मिलाइ मिलाउन मन्त्रालयले निर्देशन दिएको छ ।
