२३ जेठ २०८३, शनिबार

मन छुने गीत : परदेशीको पीडादेखि दशैंको रमझमसम्म

कात्तिक २०, २०७४
मन छुने गीत :  परदेशीको पीडादेखि दशैंको रमझमसम्म
काठमाडौं, ३१ भदौ – हिन्दूहरूको महान् चाड बडादशैं दैलोमा आइसकेको छ । यसको रौनकले नेपालीलाई छोइसकेको छ ।dashain

कामको सिलसिलामा टाढाटाढा भएका परिवार एकैसाथ भेट भएर रमाइलो गर्ने पर्वका रूपमा पनि दशैंलाई लिइन्छ । आशीर्वाद र रमाइलोको रौनकलाई दशैं तिहार विशेष गीतले पनि छुट्टै रौनक थप्ने गर्दछ ।

दशैं तिहार नजिकिँदै गर्दा यही चाडमा आधारित गीत बजारमा सार्वजनिक भइरहेका छन् । केही गीतले सामाजिक विषयवस्तुलाई उठान गरेका छन् भने केही गीतले परदेशी तथा देशको पीडालाई पनि उठान गरेका छन् ।
महान् चाड दशैं तिहारलाई हर्ष उल्लासका साथ मनाइने गरिन्छ । त्यही उल्लासलाई अझै उल्लासमय बनाउन गीत संगीतको पनि प्रमुख भूमिका रहने गर्छ ।
तिनै सार्वजनिक भएका गीतलाई यसपटक हामीले यहाँ प्रस्तुत गरेका छौं ।

विष्णु खत्री र अनुपा थापाको ‘जहाजको टिकट’
दशैं तिहार विशेष गीत ‘जहाजको टिकट’ मा विष्णु खत्री र अनुपा थापाको स्वर छ । गीतमा परदेशीको वेदनालाई गीतमा उनिएको छ । विष्णु खत्रीको लय, संगीत रहेको गीतमा रञ्जिता गुरुङ र विष्णु खत्रीको अभिनय देख्न सकिन्छ ।
प्रकाश भट्टले निर्देशनको गरेको दशैं विशेष गीतको भिडियोमा गाउँघरमा बाबियो बाटेर पिङ खेल्ने चलनलाई पनि गीतमा प्रस्तुत गरिएको छ । गाउँको मौलिकता गीतका शब्द र भिडियोमा पाइन्छ ।


यसपालिको दशैं तिहार
आशिष म्युजिकको प्रस्तुति रहेको गीत ‘यो छोरीको कर्म’ मा विदेशबाट चार वर्षदेखि छोरी दशैं मान्न घर आउन नपाएको पीडालाई गीतमा समावेश गरिएको छ । गीतमा जनक लामा र अर्चना स्याङ्तानले स्वर दिएका छन् ।
रमेशराज बराइलीको संगीत छ भने दीपक सागर तिवारीको संगीत छ । गीतको भिडियोमा रामचन्द्र बोहरा, सीता खड्का र शर्मिला लामाले अभिनय गरेका छन् भने रमेश श्रेष्ठले निर्देशन गरेका छन् ।

विष्णु माझीको ‘आयो आयो दशैं तिहार आयो’
दशैं तिहारको रौनकले गाउँघरमा उमंग छाएको विषयलाई उठान गरेर तयार पारेको गीत युट्युबमा सार्वजनिक गरिएको छ । विष्णु माझी, पदम सोनी र भुवनको स्वर रहेको गीतमा शब्द रोहित सुनार अर्जुन सुनारले शब्द लेखेका हुन् । संगीत पदम सोनीको छ । शिव विकले निर्देशन गरेको गीतको भिडियोमा रञ्चिता गुरुङ र रोहित सुनारको अभिनय छ ।


पशुपति शर्माको ‘कसको ठूलो खाम’

गायक पशुपति शर्मा प्रायः चाडबाडमा केही फरक प्रस्तुति लिएर आउने गर्छन् । उनको स्वर, संगीत र शब्द रहेको दशैं विशेष गीत ‘कसको ठूलो खाम’ पनि केही हास्य रससहितको दशैं गीत भन्न सकिन्छ । पशुपति शर्मा र टीका पुनको आवाज रहेको यो गीतको भिडियोमा गायक शर्मा र करिश्मा ढकालले अभिनय गरेका छन् ।
गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् । दशैंमा टीका लगाएर पैसा कमाउने संस्कृतिलाई शर्माले शब्दमा ढालेका छन् ।

‘आउन पाइनँ दशैं र तिहारमा’
गायक बाबुराजा शाक्यले दशैं तिहारमा घर आउन नपाएको पीडालाई गीतमा समावेश गरेर दशैं विशेष गीत बजारमा ल्याएका छन् । बाबुराज शाक्यको स्वर, शब्द र संगीत त छ ।
उनले गीतको भिडियोमा समेत अभिनय गरेका छन् । पल्पसा डंगोल र सरगम श्रेष्ठको समेत अभिनय रहेको गीतलाई भोला तिमल्सिनाले निर्देशन गरेका हुन् ।


दशैं विशेष अन्य गीत पनि दशैं छेकोमा सार्वजनिक भइरहेका छन् । गाउँघरको मौलिकतालाई समावेश गरेका धेरै गीत युट्युबमा भेटिन्छन् । दशैं आएर, दशैं आयो, परदेशीको जुनी, साइतको टीका, चरर भरर धरर लगायतका गीत पनि युट्युबमा प्रयोगकर्ताले धेरै हेरेका भिडियोमा पर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्