२६ जेठ २०८३, मंगलबार

नयाँ लोकेसनमा खिचियो ‘जुठे’, भोलिबाट प्रसारणमा आउने

भदौ १९, २०८०
काठमाडौं
नयाँ लोकेसनमा खिचियो ‘जुठे’, भोलिबाट प्रसारणमा आउने

झन्डै दुई महिनादेखि रोकिएको सामाजिक टेलिसिरियल ‘जुठे’ भोलिबाट प्रसारणमा आउने भएको छ । 

निर्माण टिमले सोमवार बेलुका राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै बुधवारबाट टेलिसिरियल प्रसारणमा आउने जानकारी दिएको हो । 

बेलुका ८ः३० बजे हिमालय टीभीमा प्रसारणमा आउने टेलिसिरियल युट्युबमा भने अब ओएसआर डिजिटलमार्फत सार्वजनिक हुनेछ ।

यसअघि ‘मास्टर टीभी’ युट्युबमा सिरियल सार्वजनिक हुने गरेको थियो । 

लेखक एवं निर्देशकमध्येका एक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’का अनुसार सिरियलमा दर्शकले अब नयाँ लोकेसन पाउनेछन् । 

लोकेसन सिफ्ट गर्नुपर्ने भएकै कारण पनि रोकिएको सिरियल प्रसारणमा ल्याउन ढिला हुन गएको उनले प्रष्टयाए । 

‘तपाईहरूले हेरिरहनुभएको जुठे पहिलेको जस्तै कथामा आउनेछ । कलाकारहरू उही हुनेछौँ । लोकेसन परिवर्तन गर्दै लमजुङकै नयाँ ठाउँमा छायांकन गर्न थालेका छौँ । विगतमा जस्तै माया गरि दिनुहुनेछ भन्ने आशा लिएका छौँ’ उनले भने । 

अर्का लेखक एवं निर्देशक राजु पौडेलका अनुसार सिरियलको ६ भाग छायांकन गरिएको छ । आगामी भागमा दर्शकबाट पहिलेको भन्दा अझ माया पाउने आशा राखेको उनले बताए । 

पौडेलले भने, ‘१ सय १९ भागमा रोकिएको जुठे अब १ सय २० भागबाट नियमित प्रसारणमा आउनेछ । हामीले धेरै मेहनत गरेर फेरि जुठे ल्याउँदै छौँ । मेहनतलाई दर्शकहरूले बुझ्नुहुनेछ भन्ने विश्वास लिएका छौँ ।’

कार्यक्रममा बोल्दै सिरियलका कलाकारहरू रवि गिरी, विद्या कार्की, शर्मिला शर्मा, सरिता ढुंगाना लगायतले पनि दर्शकबाट मायाको आशा राखे । 

salt training

कमेन्ट गर्नुहोस्