२६ जेठ २०८३, मंगलबार

उपत्यकामा  ५०  हजार  खसीबोका  र  च्याङ्ग्रा  बिक्री  हुने

असोज १३, २०८०
काठमाडौं
उपत्यकामा  ५०  हजार  खसीबोका  र  च्याङ्ग्रा  बिक्री  हुने

यस  वर्ष  दसैँमा  उपत्यकामा  ५०  हजार  खसीबोका  र  च्याङ्ग्रा  बिक्री  हुने  व्यवसायीले  अनुुमान गरेका छन् । दसैँमा खसीबोकाको खपत धेरै हुुने हुुँदा सरकारी कम्पनी र निजी व्यवसायीले ५०  हजार  सङ्ख्यामा  खसीबोका  र  च्याङ्ग्रा  ल्याउने तयारी गरेका हुुन् ।

सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी व्यवसायीले उपयत्यकामा दसैँमा खसीबोका ल्याएर बिक्री गर्ने गरेका छन् ।

यस वर्ष पनि व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गर्ने तयारी गरेका छन् । काठमाडौँ  चौपाया  खरिद  बिक्री  सङ्घका  व्यवस्थापक जीवन खड्काले दसैँलाई लक्षित गरेर घटस्थापनाको दिनदेखि उपत्यकामा खसीबोकाको बिक्री सुरु गरिने जानकारी दिए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्