२९ जेठ २०८३, शुक्रबार

डोका बिक्रीबाट मासिक रु ३५ हजारसम्म आम्दानी

असोज १५, २०८०
खोटाङ
डोका बिक्रीबाट मासिक रु ३५ हजारसम्म आम्दानी
फाइल तस्बिर

भोजपुरका चन्दबहादुर तामाङले डोका बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् । पछिल्लो पुस्ताको कमै मात्र रोजाइमा पर्ने यो कामबाट घरपरिवार चलाउन समस्या नरहेको उनको भनाइ छ । 
 
टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा खम्बुखाका ७० वर्षीय तामाङले ४० वर्षअघिबाट डोका बुनेर बिक्री गर्दै आएको बताए । एकदिनमा आठदेखि दश ओटासम्म डोका तयार गर्ने उनको भनाइ छ । डोका बिक्रीबाट मासिक रु ३० देखि ३५ हजारसम्म आम्दानी हुने उनले जानकारी दिए । 


आफूले बुनेको मालिङ्गो (लेकमा पाइने बाँस प्रजातिको वनस्पति) का डोका जतनसँग प्रयोग गरेमा तीन वर्षसम्म टिक्ने उनको भनाइ छ । 
आफ्नो गाउँघरमा बूढापाकाले मात्र यस्ता चोयाका सामग्री बनाउने गरेको तामाङले बताए । यस्ता खालका परम्परागत कामलाई व्यावसायिकीकरण गर्नसके अझ सहज हुने उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्