०७ असार २०८३, आइतबार

स्वचालित मार्गबाट ५० करोडसम्मको विदेशी लगानी

असोज १७, २०८०
काठमाडौं
स्वचालित मार्गबाट ५० करोडसम्मको विदेशी लगानी

सरकारले मुुलुकमा ५० करोड रुपियाँसम्मको विदेशी लगानी स्वचालित मार्ग (अटोमेटिक रुट) गर्न सक्ने व्यवस्था गरेको छ । सरकारले  विदेशी  लगानी  तथा  प्रविधि  हस्तान्तरण ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरी स्वचालित मार्गबाट ५० करोड रुपियाँसम्म विदेशी लगानी नेपालमा ल्याएर उद्योग व्यवसायमा गर्न सक्ने व्यवस्था गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा  सूचना  प्रकाशित  गरी  अटोमेटिक  रुटबाट  ५०  करोड  रुपियाँसम्म  विदेशी  लगानी  ल्याउन सक्ने व्यवस्था गरेको हो । उद्योग विभागका विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्करसिंह धामीले स्वचालित मार्गबाट ५० करोड रुपियाँ उद्योगमा लगानी  गर्ने  व्यवस्थालाई  प्रभावकारी  रूपमा  कार्यान्वयन  गर्न  सकियो  भने  विदेशी  लगानी  भित्र्याउन सकिने जानकारी दिए । गोरखापत्रमा खबर छ । 

कमेन्ट गर्नुहोस्