१२ असार २०८३, शुक्रबार

दशैंमा मासुको विकल्पमा यी खानेकुरा खानुस्

कात्तिक २०, २०७४
दशैंमा मासुको विकल्पमा यी खानेकुरा खानुस्

काठमाडौं, ९ असोज — शाकाहारी खानेकुराका तुलनामा मासुमा प्रोटीनको मात्रा धेरै हुन्छ । तर मासुमा प्रोटीन मात्र धेर हुने हो शरीरका लागि आवश्यक अन्य पोषणतत्त्व फलाम, फाइबर र क्याल्सियम चाहिँ कमै हुन्छ ।


त्यसैले पोषणविद्हरू मासुको साटो अन्य शाकाहारी खानेकुरा खान सुझाव दिन्छन् । यहाँ उल्लेख गरिएका खानेकुरामा मासुको तुलनामा धेरै पोषण छन् ।

ती खानेकुराको नाम लिनुअघि पोषणतत्त्वको कुरा गरौं । शरीरमा रगत उत्पादनका लागि फलाम जरूरी हुन्छ । यसको कमीका कारण रक्ताल्पताको समस्या आउन सक्छ ।

फाइबरले शरीरमा शौचलाई सन्तुलन गर्छ । यसको कमीले कब्जियतको समस्या आउन सक्छ ।

क्याल्सियमले शरीरमा हर्मोन रिलिज गर्न अनि कोशिकालाई सामान्य अवस्थामा राख्न मद्दत गर्छ । पर्याप्त मात्रामा क्याल्सियम भएन भने हाड कमजोर हुन्छ ।

अब मासुको विकल्पमा रहेका पोषणयुक्त शाकाहारी खानेकुराको उल्लेख गरौं ।

आलस
ओट्स
राजमा सिमी
खसखस
फर्सीको बियाँ
बदाम
सोयाबीन
काबुली चना
लसून
काजु


salt training

कमेन्ट गर्नुहोस्