२९ जेठ २०८३, शुक्रबार

एनआरएनएको आरके समूहद्वारा १० करोडको राहत कोष बनाउने घोषणा

कात्तिक १९, २०८०
काठमाडौं
एनआरएनएको आरके समूहद्वारा १० करोडको राहत कोष बनाउने घोषणा

 आरके शर्मा समूहको  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दस करोडको आपतकालीन राहत तथा उद्धार  कोष बनाउने घोषणा गरेको छ।  शर्माले  आफ्नो व्यक्तिगत तर्फबाट कोषमा रु २१ लाख प्रदान गर्ने घोषणा पनि गरेका छन्।

शुक्रबार राति जाजरकोट केन्द्र बिन्दु भएर गएको भूकम्पबाट पीडित नेपालीहरुलाई तत्काल सहयोग गर्ने उद्देश्यले आयोजित पहिलो बैठकमै झन्डै एक करोड रुपियाँ बराबरको सहयोग जम्मा भएको छ।

जूम माध्यमद्वारा शनिबार आयोजित बैठकमा बोल्दै  अध्यक्ष शर्माले नेपालमा भूकम्प, बाढी, पहिरो तथा कोभिड महामारीको बेलामा संसार भरिका नेपालीहरुले दिल खोलेर सहयोग गरेको स्मरण गरे।  उनले तीनै तहका सरकारसंग समन्वय गरी पछिल्लो भूकम्पबाट पीडित नेपालीलाई सक्दो सहयोग गर्न आफुहरुले काम गर्ने बताए।

उक्त कोषका लागि महासचिव बुद्धि सागर सुवेद ले रु १९ लाख, कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले रु १७ लाख, पूर्व अध्यक्ष कुल आचार्यले रु ५ लाख ५ हजार ५५५, उपाध्यक्ष खगेन्द्र न्यौपाने, युवा उपाध्यक्ष अब्दुल बशिद तथा सचिव लोक दाहालले जनही ५ लाख रुपियाँ, उपाध्यक्ष  गोविन्द श्रेष्ठ 'रोविन्द' ले ३ लाख, कृष्ण जीवि पन्थले रु २ लाख १११   सहयोग प्रदान गर्ने घोषणा गरेका छन्।  त्यस्तै उपाध्यक्ष डा केशव  पौडेल, उपाध्यक्ष गंगाधर गौतम, सचिव  दयानिधि सापकोटाले जनही एक लाख रुपैयाँ प्रदान गर्ने जनाए।


 

salt training

कमेन्ट गर्नुहोस्