०१ असार २०८३, सोमबार

क्रिश्चियन संस्थाको कार्यक्रममा मन्त्री किरातीले के–के भने ?

पुस ४, २०८०
काठमाडौं
क्रिश्चियन संस्थाको कार्यक्रममा मन्त्री किरातीले के–के भने ?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती बुधबार क्रिश्चियसम्बन्धी एक संस्थाको कार्यक्रममा सहभागी भए । उक्त कार्यक्रममा उनले दिएको अभिव्यक्तिलाई लिएर विभिन्न टीकाटिप्पणी भएको छ । 

सो कार्यक्रममा उनले क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु सरह भएको बताएका थिए ।  संविधान भन्नेहरू देशद्रोही हुने उनको भनाइ थियो । 

उपत्यका व्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० कार्यक्रममा बोल्दै किरातीले भने, ‘नेपाल बहुधार्मिक राज्य हो । यो संविधानले स्वीकारेको कुरा हो । मैले भनेको कुरा होइन । राज्यका आँखामा सबै धर्म बराबरी हुन् । आज तीन करोड नेपालीमा लाखौँ क्रिश्चियनहरु भइसकेका छन् । क्रिश्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने जेलमा हालिदिने हो ।’

उनले आफू कुनै धार्मिक मान्छे नभएको पनि बताए । ‘म त राज्य हो नि । म राज्यमा बसेर धर्म मानेँ भने मैले नमान्नेमाथि दमन गर्छु । राज्यमा बस्नेको धर्म हुँदैन । त्यसकारण धर्मनिरपेक्ष राष्ट्र हुुनुपर्छ ।’ धर्म मान्ने स्वतन्त्रतामाथि आफूले सम्मान गर्ने पनि उनको भनाइ थियो । 

उनले जिसस क्राइस्ट महान नेता भएको पनि बताए । उनी विद्रोही नेता भएको दाबी गर्दै तत्कालीन अवस्थामा त्यो देशको शासन नमान्दा मृत्युदण्ड दिएको उनको भनाइ थियो । ‘म पनि विद्रोहबाट आएको हुनाले धेरै सम्मान गर्छु’, उनले भने, ‘मैले मात्रै होइन, यो चाहिँ अहिलेको प्रधानमन्त्रीले पनि गर्नुहुन्छ ।’ जिससको व्यक्तित्व प्रधानमन्त्री प्रचण्डलाई पनि मन पर्ने उनको जिकिर थियो । 

salt training

कमेन्ट गर्नुहोस्