०५ असार २०८३, शुक्रबार

मोहन विक्रमको टिप्पणी, ‘देशमा दुईवटा एमालेको जरुरत थिएन !’

कात्तिक २०, २०७४
मोहन विक्रमको टिप्पणी, ‘देशमा दुईवटा एमालेको जरुरत थिएन !’
काठमाडौं १७ अजोस– नेकपा मशालका महामन्त्री मोहन विक्रम सिंहले नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि भइरहेका प्रयास स्वभाविक भएको बताएका छन् । यद्यपि अहिलेकै अवस्थामा आफूहरु वामपन्थी गठबन्धनमा सहभागि नहुने उनले बताए ।


‘राजनीतिक सिद्धान्त र दर्शनमा भिन्नता नभएपछि वेग्लै पार्टी रहीरहनु आवस्यक थिएन । एमाले र माओवादीका खासै भिन्नता थिएन’ वरिष्ठ वामपन्थी नेता सिंहले लोकान्तरसंग भने, ‘सिद्धान्तमा फरक नभएपनि उनीहरु पहिलै मिलेको भए फरक पर्दैनथ्यो । दुइपार्टी मिल्ने कुरालाई हामीले खासै महत्व दिएका छैनौ ।’ सिद्धान्त मिल्ने दुइ कम्युनिष्ट पार्टी मिल्नुलाई अवसरवादी गठबन्धन भन्न नमिल्ने उनले बताए ।

आफूहरुपनि वामपन्थी एकताको पक्षमा रहेपनि एमालेसंग धेरै बिषयमा सैद्धान्तिक मतभेद रहेको उनले बताए । ‘राष्ट्रियताको बिषयमा एमालेले लिएको अडानको हामीले प्रसंशा गछौं, तर संघीयता लगतयत राजनीतिक बिषयमा फरक मत छन्’ महामन्त्री सिंहले भने, ‘मोहन बैद्यजीहरुसंग सहमति र सहकार्य हुनसक्छ, उहाँहरुसंगपनि जातीयता र संघीयताको बिषयमा हाम्रो फरक मत छ ।’

आशन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा गणतन्त्र र धर्मनिरपेक्षताका पक्षधरहरुसंग चुनावी तालमेल गर्ने उनले बताए ।
तस्वीर स्रोतः बिजपाटी

salt training

कमेन्ट गर्नुहोस्